गुर्भाकोटका भूमिहीनहरूको समस्या चाँडै समाधान हुन्छः उपप्रमुख बिक (भिडियो सहित)

मेहेलकुना। गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बिकले नगरपालिका भित्रका भूमिहीनहरूको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेकी छन्। भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली नेतृत्वको टोलीलाई शुक्रवार नगरपालिकाकाद्वारा आयोजित १ दिने अभिभुखिकरण कार्यक्रममा स्वागत गर्दै उपप्रमुख बिकले यस्तो विश्वास व्यक्त गरेकी हुन।

अनले नगरपालिका भित्र वर्षौँदेखि भूमि सम्बन्धी विभिन्न प्रकृतिका समस्या रहेको र यसपटक संविधानको मर्म अनुरूपनै भूमि सम्बन्धी समस्या समाधान आयोग गठन भएकाले धेरै आशा गर्न सकिने ठाउँ रहेको बताइन।

यो भिडियो हेर्नुहोस्।

भूमि सम्बन्धी समस्या समाधानका लागि आवश्यक पर्ने सबैखाले समन्वय र सहकार्य गर्न नगरपालिका तयार रहेको उपप्रमुख बिकको भनाई थियो। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।