विवादित भारतीय पत्रकार गोस्वामी पक्राउ

काठमाडौं। आत्महत्या दुरुत्साहनको मुद्दामा भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्। गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार बिहान घरबाटै पक्राउ गरेको हो। 

गोस्वामीमाथि सन् २०१८ मा  एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ। यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो।

गोस्वामी रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत हुन। रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ।

प्रहरीले भने गोस्वामी पक्राउबारे आधिकारिक जानकारी दिएको छैन। टेलिभिजन अन्तर्वार्ताहरुमा अस्वाभाविक ढंगले प्रस्तुत हुने गरेका कारण गोस्वामी बेला बेलामा विवादमा आइरहन्छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।