काठमाण्डौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रिय कमिटीको बैठक स्थगित भएको छ। कोरोना महामारीको बढ्दो प्रकोपका कारण केन्द्रिय कमिटीको बैठक स्थगित गरिएको बुधवार प्रेस वक्तव्य मार्फत जनाईएको छ।

नेकपाले कार्तिक १५ देखि १७ गते सम्म केन्द्रिय कमिटीको बैठक आयोजना गरेको थियो।

केन्द्रिय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको प्रेस वक्तव्यमा केन्द्रिय कमिटीको बैठक १ महिना पछि गर्नेगरी सारिएको उल्लेख छ। बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेछ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।