सुर्खेत। साझा पार्टी कालिकोटका प्रमुख सम्पर्क व्यक्ति अनिल परिवर्तनको नेतृत्वमा साझा पार्टी, कालिकोटको तदर्थ समिति घोषणा गरिएको छ। बुधवार भर्चुअल भेला आयोजना गरि कालिकोट जिल्ला समिति घोषणा गरिएको हो।

९ सदस्यीय तर्दथ समितिका सदस्यहरूमा महेश पाण्डे, कृष्ण कोइराला, प्रकाश विष्ट, जगत न्यौपाने, मनराज शाही, जयचन्द्र आचार्य, दिनेश धामी र रमेश मल्ल रहेका छन्।

अनलाइन घोषणा कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख केशव दाहालले साझा पार्टीका अबका रणनीतिबारे जानकारी गराएका थिए। पार्टी निर्माणमा संगठन निर्माण र प्रशिक्षण पहिलो शर्त भएको भन्दै दाहालले नागरिकको विश्वास र भरोसा आर्जन गर्दै अगाडि बढ्नुपर्ने बताए। 

कार्यक्रममा पार्टीका कर्णाली प्रदेशका संयोजक गेहेन्द्र प्रसाद दाहालले नवगठित समितिलाई शुभकामना दिएका थिए।

नवगठित जिल्ला समितिका संयोजक परिवर्तनले साझा पार्टीका मूल्य मान्यतालाई आत्मसात गर्दै पार्टी निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाए। उनले अब कालिकोटमा हुने र हुनसक्ने अनियमितता र भ्रष्टाचारका विरुद्ध साझा पार्टी कालिकोट उभिने बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।