काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका काम लामो समयदेखि रोकिएकाले विधेयक ल्याउनु परेको बताएका छन् ।

सोमबार (आज) साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठकमा उनले सचिवालय सदस्यहरूलाई यस्तो बताएका थिए ।

संवैधानिक परिषद्को नियुक्ति अड्किएको र अरु पनि त्यस्तै विषय भएकाले अध्यादेश ल्याएको प्रधानमन्त्रीले जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराए ।

यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७, ल्याएको थियो ।

जसालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी पनि गरिसकेकी छिन् । यसअघि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्य हुने प्रावधान थियो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।