सचिवालय बैठकपछि प्रधानमन्त्री सोझिए शीतल निवास

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सचिवालय बैठकपछि शीतल निवास सोझिएका छन् ।

सरकारको पछिल्लो कदमबारे थप परामर्शका लागि प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास हिँडेको उनका प्रेस सल्हाकार सूर्य थापाले पुष्टि गरेका हुन् ।

राष्ट्रपति भण्डारीले सोमबार (आज) नै राजनीतिक दलसम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद् )काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी छिन् ।

सरकारको कदमसँगै राजनीतिक क्षेत्रमा नयाँ तरंग फैलिएको छ भने सत्तारुढ दलभित्र पनि खैलाबैला भएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।