आँखा र कान जचाँउन प्रधानमन्त्री ओलीलाई कांग्रेस गगन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन आग्रह गरेका छन् ।

लामो लकडाउनका कारण लामो दूरी पार गर्दै घर जान भनेर बाटोमा निस्केका मजदुरका समस्याबारे सञ्चार माध्यम, सामाजिक सञ्जालमा चर्को सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले ‘रहस्यपूर्ण’ भन्दै कटाक्ष गरेपछि थापाले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाएका हुन् ।

सोमबार बेलुका सरकारी सञ्चार माध्यमलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले प्रहरी र प्रशासनले थाहा नपाएको कुरा पत्रकारले कसरी थाहा पाएँ भन्दै कटाक्ष गरेका थिए ।

आज (आइतबार) सामाजिक सञ्जाल ट्वीटरमा सांसद थापाले हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई गरिएको मद्दत प्रायोजित ठान्ने अनि तिनको पक्षमा उठेका आवाज कर्कश ध्वनि ठान्ने हो भने प्रधानमन्त्रीले आँखा र कान परीक्षण गराउन उपयुक्त हुने टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीको उक्त भनाइको चौतर्फी आलोचना सुरु भइरहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।