काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ ।

कोरोनाबाट करिब १२ जना नेपाली संक्रमित छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबार साँझसम्म मृत्यु हुने को संख्या २८ पुगेको हो । बेलायतमा मात्रै १७ जनाले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, यूएईमा २, आयरल्याण्डमा एक जनाको मृत्यु भएको हो ।

एनआरएनएको सचिवालयका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सक सम्मिलित समूहले तयार पारेको तथ्यांकमा २१ देशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिकामा ७ सय रहेका छन् । यसैगरी युके २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकङ १ रहेको एनआरएनएले जनाएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।