काठमाडौं । जनकपुरधाममा जथाभावी पैसा फालेर भागेपछि पक्राउ परेका दुई महिलामध्ये एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

पक्राउ परेका दुवै महिलाको र्यापिड टेस्ट् गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए । ।
पैसा फालेर भाग्ने दुईजनामध्ये एक महिलामा कोरोना पोजेटिभ देखिएपछि दुवैलाई आइसोलेशनमा राखिएको प्रजिअ निरौलाले जानकारी दिए ।
उनीहरु दुवैको पीसीआर परीक्षणको प्रक्रिया पनि शुरु गरिएको निरौलाले बताए । घटनाबारे थप अनुसन्धान गरिने उनको भनाइ छ ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।