काठमाडौं । नेपालमा बर्षेनी चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो छ। विगत ११ वर्षे अवधिमा ८२१ जनाको ज्यान गएको छ।

अचेल गड्याङगुडुङ गर्दै, बिजुली चम्कँदै, कतै चर्को आवाजसहित ठोक्किएको धेरै सुनिन्छ। सामान्यतया त्यसलाई नै आम मानिसले चट्याङ परेको बुझ्छन्।

मौसमविद्का अनुसार प्रि–मनसुनको तीन महिनाभित्र, मनसुन सुरु नभएसम्म र हिउँदे वर्षा जाने बेलामा चट्याङ बढी पर्छ।

प्रि–मनसुन सुरु हुँदाको करिब एक महिनाको अवधिमा २१ वटा चट्याङका घटना भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालय अन्तर्गत रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार चट्याङबाट २०७५ सालमा मात्र ६८ जनाले ज्यान गुमाए।

यस अवधिमा सबैभन्दा बढी २०६९ सालमा १३१ को मृत्यु भएको थियो। आजको गोरखापत्र दैनिकमा खबर छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।