काठमाडौं। भारतमा एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

योसँगै भारतमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको छ । मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

एकै परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको बताइएको छ । संक्रमितमध्ये केहीको मुम्बईकै कस्तुरवा अस्पताल उपचार भइरहेको छ ।

यस्तै केहीलाई आइसोलेसनमा राखिएका छन् । तर, उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ । यसअघि भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीसहित चार नेपालीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।