काठमाडौं । स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेको भन्दै प्रधानमन्त्रीले दुई मन्त्री र सचिवालयका सदस्यसँग आक्रोस पोखाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले अनियमितता भएको थाहा पाउनासाथ ओम्नी समूहसँगको सम्झौता तोडेका थिए । अचम्म त तीन घण्टा मात्र बोलपत्र आह्वान गरेर सम्झौताको जिम्मा दिइएको थियो ।

महँगो रेटमा सामग्री खरिद गर्नेदेखि कहिल्यै स्वास्थ्य सामग्री आपूर्ति नगरेका कम्पनीलाई कमिसनका आधारमा खरिदको जिम्मा दिइएको भन्दै त्यसपछि विवाद सुरु भएको थियो ।

खरिद प्रकरणको विरोध हुन थालेपछि मात्र यस विषयमा प्रधानमन्त्रीले चासो देखाउनुभएको थियो । मिर्गाैला प्रत्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्री ओली त्यति बेला झस्किए । जतिबेला खरिद प्रकरणभित्र आफ्नै सचिवालयका सल्लाहकारदेखि मन्त्रीसम्म संलग्न रहेको जानकारी प्राप्त गरे ।

उनले १६ चैतको मन्त्रिपरिषद् बैठकमा यसबारे के भएको भन्दै सोधीखोजी गरेका थिए । ‘स्वास्थ्य उपकरण खरिदका सन्दर्भमा भएको के हो ? बाहिर अनेक कुरा किन आइरहेका छन् ? भ्रष्टाचार भयो भनेर त्यो विषय कसरी उठ्यो ? प्रश्न उठ्नुका कारण के हुन् ? ’, प्रधानमन्त्रीले खरिद प्रकरणमा संलग्न मन्त्रीहरूलाई र्याकर्याक्ची पारे ।

आफूलाई गुमराहमा राखेर खरिद प्रकरणभित्र आर्थिक अनियमितताको खेल रचेको तथ्यसहितको सूचना पाएपछि उनले यो विषयमा गम्भीर अध्ययन सुरु गरेको मन्त्रिपरिपद् बैठकमै भनेका थिए ।

स्रोतका अनुसार उहाँले खरिद प्रकरणमा बदनियत देखिएपछि र आफ्नै भन्ने नेताहरूले आफैंलाई गुमाराहमा राखेको तथ्य पाएपछि बुधबार उनले ओम्नीसँगको सम्झौता खारेज गर्न निर्देशनदिएका थिए ।

जको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।