‘लकडाउन्’ अझै एकसाता लम्ब्याउन सुझाव

काठमाडौं । कोभिड १९ (कोरोना भाइरस)को जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको ‘लकडाउन्’ दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार (हिजो) बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो ।

भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले ‘लकडाउन्’ अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले बताए ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।