काठमाडौं।नेपाल–भारत ‘लकडाउन्’को मौका छोपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत् नेपाल भित्रिएका छन् ।

मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् । यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र बझाङका नेपाली मजदूर ट्युबमार्फत् घर फर्किएका हुन् ।

दुवै देश ‘लकडाउन्’ भइरहेको बेला भारतमा रोकिएर रहेका नेपाली ट्युबमार्फत् घर फर्किएको स्थानीय बताउँछन् ।

ट्युबमा चढेर दिनहुँ नेपाली मजदूर भित्रिएका छन् । प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर उनीहरू नेपाल प्रवेश गरेको एक स्थानीयले बताए ।

मालिकार्जुनको बाकु, गराडी, चुकिला डिन्सीलगायत क्षेत्रबाट रातको समयमा भारतबाट स्थानीय ट्युबमार्फत् नेपाल आउने गरेको स्रोतको दावी छ ।

त्यहीँका स्थानीयले अहिले विपत्को समयमा आम्दानीको स्रोतका रूपमा ट्युब बनाएका छन् ।

उकु बाकु हुँदै शुक्रबार राति २५ जना र शनिबार सोही संख्यामा मजदूर घर फर्किएको मालिकार्जुनका स्थानीय हीरासिंह धामीले जानकारी दिए । चेकजाँचबिना उनीहरू गाउँ पसेपछि गाउँमा जोखिम बढेको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

फाइल तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।