काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस विरुद्धको लडाइँमा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङलाई पत्र लेखी सो आग्रह गरेका हुन् ।

कोरोना विरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिँदै अध्यक्ष प्रचण्डले सोही खालको सहयोग नेपाललाई पनि गर्न आग्रह गरिएको उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले तीन दिनअघि सो पत्र पठाएको सचिवालयले आइतबार जानकारी दिएको हो । कोरोना महामारीविरुद्ध लड्न पर्याप्त मेडिकल सामग्री आवश्यक रहेको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले यसबेला चीनले गर्ने सहयोगप्रति नेपाली जनता आभारी हुने पत्रमा उल्लेख गरेका छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

फाइल तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।