काठमाडौं। कोभिड १९ (कोरोना भाइरस)को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन्’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् ।

कोरोनाको संक्रमण रोक्न गत ११ चैत्रबाट गरिएको ‘लकडाउन्’ ले गर्दा निर्माणधीन सबै आयोजनाको निर्माण ठप्प भएपछि श्रमिक कामविहीन बनेका हुन् ।
श्रमिकहरु कामविहीन हुनुका साथै तत्कालै काम शुरु गर्न नसके निर्माणाधीन आयोजनामा लागेको २ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी जोखिममा पर्ने स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
फाइल तस्वीर
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।