‘लकडाउन्’को सकारात्मक प्रभाव‘-ऐतिहासिक रुपमा स्वच्छ काठमाडौं’

काठमाडौं।कोभिड १९ (कोरोना भाइरस)को संक्रमण रोक्न गत मंगलबारदेखि देश ‘लकडाउन्’मा छ ।

यसले घरभित्रै बस्नुपर्दा जनजीवन कष्टकर र चुनौतीपूर्ण बन्दै गएको छ । तर यो असहज परिस्थितिले राजधानी काठमाडौंको वायुको गुणस्तरमा भने ऐतिहासिक सुधारको मौका दिएको छ ।

सधैंजसो प्रदूषणको सरदर स्तर जनस्वास्थका लागि हानिकारक भइरहने राजधानी हिजोआज ऐतिहासिक रुपमा स्वच्छ भएको छ । वायु प्रदूषण ह्वात्तै घटेको छ ।

यसको प्रमुख कारण ‘लकडाउन्’का बेला गाडी नचल्नु, राजधानीमा रहेका कलकारखाना बन्द हुनु र गत शुक्रबारसम्म सक्रिय रहेको पश्चिमी वायुले काठमाडौं खाल्डोको प्रदूषण बढारेर उपत्यकाबाहिर लग्नु भएको विज्ञ बताउँछन् ।

आइतबार २ बजे रत्नपार्कको पिएम २.५ को स्तर ४.१४ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको थियो । यस्तै शनिबार दिउँसो ३ बजे काठमाडौंको फोहोरा दरबारमा पिएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटर थियो ।

यो स्तर काठमाडौंको वर्षभरिको औसत वायु प्रदूषणभन्दा करिब १० गुणाले कम हो र विश्व स्वास्थ संगठनको तोकेको मापदण्डभन्दा आधा कम हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

|तस्वीरमा काठमाडौंको मुटुमा अवस्थित बौद्धनाथ स्तुपा। फाइल तस्वीर|

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।