ठप्पै रेमिट्यान्स

काठमाडौं। रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाँडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ ।

नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जब कि माघमा चीनबाहेक अन्यत्र कारोनाको प्रभाव कम थियो ।

गत वर्षका सात महिना (बैशाख कात्तिक) २८.५ प्रतिशतले बढेको रेमिट्यान्स चालू आर्थिक वर्षका सात महिनामा ०.५ प्रतिशतले घटेको हो ।

यो अवधिमा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांक छ । कोरोनाका कारण नेपाली मुद्रा कमजोर भई अमेरिकी डलर बलियो हुँदै जाँदा अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ ।
अघिल्लो वर्ष अमेरिकी डलरमा हिसाब गर्दा आप्रवाह १६ प्रतिशतले बढेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।