काठमाडौं। चीनबाट फैलिएको कोभिड १९ (कोरोना भाइरस)का कारण अहिले विश्व त्रसित छ।

विश्वभर विभिन्न देशमा लागेको ‘लकडाउन्’का कारण करोडौं मानिसहरु आफ्नो घरभित्र थुनिएका छन्।

कोरोनाकै खतरालाई हेर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि पूरै बेलायतलाई ‘लकडाउन्’ गरेका छन्।

अमेरिकाको क्यालिफोर्नियासहित विभिन्न राज्यमा पनि ‘लकडाउन्’ गरिएको छ।

यहीबीच बेलायतमा ‘लकडाउन्’ गर्नुको कारण चाहिँ एउटा शोध रिपोर्टलाई कारण मानिएको छ।

यो रिपोर्टले अचम्मको एउटा अनुमान लगाएको छ।

कोरोनामाथि लन्डनको इम्पेरियल कलेजको रिपोर्टमा गरिएको उक्त शोधले अनुमान लगाएको छ कि, कोरोना भाइरस यदि नियन्त्रणमा आएन भने यसको फैलावट जसरी भएको छ, त्यसका कारण बेलायतमा ५ लाख १० जना मानिसको मृत्यु हुनसक्छ।

यही शोधले अमेरिकाबारे पनि अनुमान लगाएको छ। रिपोर्टका अनुसार कोरोना नियन्त्रणमा नआएको खण्डमा अमेरिकामा २२ लाख मानिसहरुको मृत्यु हुनसक्छ।

यो शोधले यदि समय रहँदै भाइरसमाथि कब्जा नजमाउने हो भने यी दुई देशको अवस्था निकै समस्याग्रस्त हुने जनाएको छ।

यही शोधलाई आधार बनाएर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई पूरै ‘लकडाउन्’ गरेको बताइएको छ।

रिपोर्टमा यो पनि अनुमान गरिएको छ कि तीन महिनासम्म पनि भाइरस नियन्त्रणमा नआएमा मृत्यु हुनेको संख्या निकै बढी हुने र यसका कारण ८१ प्रतिशत मानिसहरु प्रभावित हुनेछन्।

इम्परेरियल कलेज अफ ब्रिटेनले यस्तो चेतावनी सरकारलाई दिएको भने पहिलो पटक होइन।

पछिल्ला महामारीको सन्दर्भमा पनि यो कलेजले बारम्बार आफ्ना शोध प्रकाशन गर्ने गरेको छ।

यो रिपोर्टलाई नेतृत्व प्रोफेसर निल फर्गुसनले गरेका हुन्। उनीसँग यो रिपोर्टमा काम गर्ने विश्व स्वास्थ्य संगठनसहित अरु ५० वैज्ञानिक छन्।

प्रोफेसर फर्गुसनले यो रिपोर्ट इटालीको पछिल्लो अवस्थालाई लिएर बनाएको बताएका छन्।

अहिलेसम्म इटालीमा कोरोना का कारण ४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। एजेन्सी

फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।