‘कोरोना नियन्त्रण’सम्बन्धी कामका लागि सरकारले माग्यो १३४ डाक्टर तथा स्टाफ नर्स

काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणसम्बन्धी कामका लागि १ सय ३४ जना डाक्टर तथा नर्स माग गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७/५ जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र एक सय जना स्टाफ नर्सको लागि आवेदन माग गरेको हो ।

जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्टको लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ ।

यस्तै स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । आवेदन दिनको लागि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।

आवेदन दिन एक हप्ताभित्र admin@mohp.gov.np मा पठाउन सकिन्छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवेदन मागेकाले पहिलो आवेदक पहिलो प्राथमिकता र योग्यताका आधारमा करार नियुक्त गरिने पनि मन्त्रालयले जनाएको छ ।

भ्याकेन्सी हेर्नको लागि यहाँ क्लिक गर्नुस्।

फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।