काठमाडौं।कोरोना संक्रमित युवती चढेकै जहाजमा चढेर नेपाल आउनेमध्येको चार जना सोलुखुम्बुका भएको खुलेको छ।

गत ४ चैत्रमा नेपाल आएकी ती युवती चढेको जहाजमा सोलुखुम्बुका तेन्जिङ छोम्ग्याल शेर्पा, मिङमार शेर्पा, शान्तबहादुर विक र पेम्बा शेर्पा पनि चढेर आएको खुलेको हो।

चारै जनाका बारेमा कुनै जानकारी प्राप्त नभएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी रमा आचार्यले बताएकी छिन्।

फ्लाइट नम्बर ‘क्यूआर ६५२’ बाट गत ४ चैत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि उक्त प्लाइटबाट नेपाल आउनेको खोजी शुरु भएको हो।

सरकारले उक्त फ्लाइटबाट नेपाल आउने यात्रुको खोजी गर्दै सम्पर्कमा आउन आग्रह गरेपछि कतिपय आफैँ प्रहरी सम्पर्कमा पुगेका छन्।

फ्लाइट नम्बर ‘क्यूआर ६५२’ बाट नेपाल आउने यात्रुको संख्या १५८ भनिएको छ।

फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।