काठमाडौं।कोभिड १९ [कोरोना भाइरस]सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मंगलबार (हिजो)देखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ।

तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब दोब्बरले बढेको हो।

दूरसञ्चार तथा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर विस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग गतिलो विकल्प बन्दा यसको खपत बढेको पाइएको छ।

यसबाहेक कोरोना भाइरससँग सम्बन्धित सूचना तथा जानकारीका लागि अनलाइन सजिलो माध्यम भएकाले अन्य दिनमा भन्दा इन्टनरेटको खपत तुलनात्मक रूपमा बढिरहेको छ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

तस्वीरमा इन्टरनेटको प्रतिनिधित्व। फाइल तस्वीर।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।