काठमाडौं।नेपाल आयल निगमले तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा पठाएको छ।

अघिल्लो महिना (फेब्रअरी)मा २६ लाख सिलिन्डर पठाएको निगमले यो तीन सातामा २५ लाख ५० हजार ५ सय ५२ ग्यास सिलिन्डर बजारमा पठाएको हो।
अघिल्लो महिनाको तुलना गर्दा यो महिना बजारमा ग्यास माग अधिक बढेको थियो।
निगमका अनुसार विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमणले उपभोक्तामा भएको त्रासका कारण एलपी ग्यासको माग बढेको हो।
यो समाचार आजको राजधानी दैनिकमा छ।
तस्वीरमा ग्यासको सिलिन्डर। फाइल तस्वीर।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।