घरभाडा मिनाहा गर्न माग

काठमाडौं।भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस कोभिड १९ (कोरोना भाइरस)को प्रभाव मध्यनजर गर्दै तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्न माग गरेको छ।

बहालमा बस्ने अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ। यो अवस्था आत्मसात गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समाजले गरेको हो।

यो समाचार आजको राजधानी दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।