काठमाडौं।सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ।
विश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस)संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक साताभित्र नेपाल आइपुग्ने छन्।
स्वदेशमा पनि मास्क र स्यानिटाइजर उत्पादन शुरु भएको उनले बताए।
यो समाचार आजको राजधानी दैनिकमा छ।
फाइल तस्वीर।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।