‘कोरोना’ हटाउन सांसदको पूजा

काठमाडौं।विश्वव्यापी महामारीको रुपमा लिएको कोभिड १९ (कोरोना भाइरस)बाट हुने सम्भावित जोखिमबाट बच्न सरकारले विभिन्न घोषणाहरु गरिरहँदा सांसद विनोद चौधरी भने शाश्वतधाम नवलपरासीमा आयोजित पूजामा सहभागी भएका छन्।

दुम्कौलीस्थित शाश्‍वतधाम मन्दिरमा आयोजना गरिएको उक्त पूजा र हवन ‘कोरोना भाइरस’ निर्मूल पार्न भन्दै गरिएको थियो।

पूजामा उद्योगपति एवं सांसद चौधरी परिवारसहित शनिबार (आज) सहभागी भएका हुन्।

चौधरी ग्रुपका महाप्रबन्धक नारायण श्रेष्ठले कोरोना महामारीको त्रासबाट मानव कल्याणका लागि शास्वतधाम मन्दिरका तर्फबाट संकल्प पूजा गरिएको बताए।

तस्वीरमा सांसद विनोद चौधरी पूजामा सहभागी हुँदै। श्रोतः फेसबूक।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।