नेपाल आएका दुई अन्तर्राष्ट्रिय विमान आकाशबाटै फकाईयो

काठमाडौं।हङकङबाट काठमाडौं आएका दुईवटा विमान आकाशबाटै फर्काइएको छ।

अध्यागमन विभागले विमानमा आएका यात्रुहरुको संख्या विवरण हेरेपछि उनीहरुलाई आकाशबाटै फर्काएको हो।

अध्यागमन विभागका प्रमुख ईश्वरराज पौडेलले आकाशबाट विमान फिर्ता गरिएको पुष्टि गरेपनि विमानमा आएका नागरिक कुन मुलुका थिए भन्ने जानकारी भने दिन चाहेनन्।

श्रोतका अनुसार एउटा विमानमा एकजना ब्रिटिश अर्का विमानमा २४ जना यूरोपियन नागरिक भएको थाहा पाएपछि अध्यागमन विभागले रोकेको थियो।

“विमान फिर्ता गरिएको छ। विमानमा रहेका यात्रुहरु नेपालले प्रतिबन्ध लगाएका मुलुकका नागरिक थिए।” विभागका महानिर्देशक पौडेलले भने।

अध्यागमन विभागका अनुसार कुल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत नेपाल आउन प्रतिबन्ध लागेको छ।

फाइल तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।