रगत अभाव हुन नदिन साझा पार्टीको रक्तदान

काठमाण्डौं।
साझा पार्टीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखासँगको समन्वयमा शनिवार पार्टी मुख्यालय बखुन्डोल ललितपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमणको त्रास फैलिरहँदा ब्लड बैंकहरुसँग रगत अभाव हुन थालेपछी रक्तदान कार्यक्रमको आयोजना गरिएको पार्टीका केन्द्रीय सदस्य शरदराज पाठकले बताए।

कोरोना संक्रमणको त्रासका कारण रगत अभाव हुँदै जाँदा आज साझा पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरियो। कार्यक्रमका एकजना सहभागी डेनिमकृष्ण श्रेष्ठ के भन्छन्?आफू पनि बचौँ, अरुलाई पनि बचाऊँ।

Posted by Surya Deep on Saturday, March 21, 2020

पाठकका अनुसार कोभिड १९ को सङ्क्रमण रोक्न अपनाउनुपर्ने सावधानी सहित रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।