दोधारमा छु

उसको कुरामा हाँसु कि रोउँ दोधारमा छु।
मानव भनुँ कि या पशु भनुँ दोधारमा छु ।

कसले लगायो लगाम, कालो गोरो नचिन्ने
परम मित्रलाई के संदेश पठाउँ दोधारमा छु।

बाउलाई पनि देखि सहन्न, आमाको खोईरो
खन्ने बुज्रुकलाई के सम्झाउँ दोधारमा छु।

आफ्नो आङमा भैसी नदेख्ने अरुका भुसुना
देख्ने सन्किलाई म कसरी पढाउँ दोधारमा छु ।

कसका सिद्धान्तले आजसम्म के लछारपाटो लाए
भन्दै कति कति सम्म लेप्य्राउँ दोधारमा छु ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।