काठमाडौं।कोभिड १९ (कोरोना भाइरस)रोकथामका लागि सरकारले विद्यालय तथा सार्वजनिक स्थलहरु बन्द गरेपछि काठमाडौं उपत्यका छाड्नेहरुको संख्या ह्वात्तै बढेको छ।
शुक्रबार (आज) मात्रै ९८ हजार ५ सय १७ यात्रुले काठमाडौं उपत्यका छाडेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालका अनुसार आज मात्रै बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म ९८ हजार ५ सय बढी यात्रुले उपत्यका छाडेका हुन्।
शुक्रबार उपत्यका भित्रिने यात्रुको संख्या भने ४८ हजार ९ सय ७ रहेको छ।
फाइल तस्वीर
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।