काठमाडौं।कोरोना भाइरसको सन्त्रासका कारण काठमाडौं उपत्यकामा सवारीसाधनको चाप कम हुँदै गएको छ।

सरकारले शैक्षिक संघसंस्थाको पठनपाठन तथा परीक्षा स्थगित गरेपछि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या एक्कासि वृद्धि हुँदा उपत्यकामा सवारी चाप कम हुँदै गएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले विगतको तुलनामा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी र यात्रुको संख्या वृद्धि भएको बताए।

उपत्यकाबाट बाहिरिनेमा अधिकांश युवा तथा विद्यार्थी , बालबालिका र महिला रहेको प्रहरीले जनाएको छ।
उपत्यकाबाट बाहिरिने मुख्य नाकामा सवारीसाधनको संख्या वृद्धि भएको छ।

प्रहरीका अनुसार दशैं, तिहार तथा महाभूकम्प २०७२ को बेलामा जस्तै अहिले यात्रुहरु बाहिरिएको पाइएको छ।

बसपार्कका टिकट काउन्टरमा सर्वसाधारणको सामान्य भीड देखि थालेको छ।

यो समाचार आजको राजधानी दैनिकमा छ।

फाइल तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।