काठमाडौं।कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा जोखिमको लागि सरकारले गरेको निर्णयविपरीत राष्ट्रिय सभाको बैठक बसेको छ।

सरकारले संक्रमण नहोस् भनेर २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेपनि बिहीबार (आज) राष्ट्रिय सभाको बैठक बस्यो।

पूर्वनिर्धारित योजनाअनुसार राष्ट्रिय सभाको बैठक बसेको अध्यक्ष तिमिल्सिनाका प्रेस सहयोगी अशोक पौडेलले बताए।

शुक्रबार (भोलि) पनि बैठक बस्ने र त्यसपछि मात्रै अगामी बस्ने नबस्ने भन्नेमा टुङ्गो लाग्ने उनले जानकारी दिए।

आजको बैठक उच्च सर्तकताका साथ बसेको पनि उनले बताए।

बैठकमा २५ जना भन्दा बढी ब्यक्ति भएपछि संसदको राज्य व्यवस्था समितिको बिहिबारको बैठक स्थगित भएका बेला राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने शुक्रबारका लागि पनि बैठक डाकेका हुन्।

फाइल तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।