काठमाडौं।सरकारले ‘कोरोना’बारे अफवाह फैलाउनेलाई कडा कारबाही गर्ने भएको छ।

कोरोना संक्रमणको विषयलाई लिएका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा भ्रम सिर्जना हुने खालका गलत सूचनाहरु दिए सरकारले कारबाही गर्ने जनाएको हो।
बुधबार (आज) उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेको अध्यक्षतामा बसेको ‘कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को बैठकले यस्तो निर्णय गरेको हो।
“सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चार माध्यम (सामाजिक सञ्जाल समेत)बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गरिने छ।” निर्णयको १५ नम्बर बुँदामा भनिएको छ।
तस्वीरमा कोरोनाबाट बच्नको लागि लगाइएको मास्क। फाइल तस्वीर।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।