पाहुना भोकै छ घरमा म यहाँ बोल्दै नबोल्ने

नेताको मुख त केवल खानलाई हो खोल्ने,
पाहुना भोकै छ घरमा म यहाँ बोल्दै नबोल्ने।

जनताको कर, मन्त्रीको चिल्लो कार,
पाहुनाको छ आजकाल घरमै सत्कार।
सबैलाई पाहुना बाट केही न केही पाउनु छ,
कसैलाई मार्सी , कसैलाई केक मगाउनु छ।
नेताको मुख त केवल खानलाई हो खोल्ने,
पाहुना भोकै छ घरमा म यहाँ बोल्दै नबोल्ने।

सबैतिर हाहाकार , युवा बेरोजगार।
दुईतिहाई सरकार,
बाँदरको पुच्छर लौरो न हतियार।
नेताका पाहुना जति सब दलाल र मतियार,
कसरी हटोस् कमिसन र कालो बजार?
नेताको मुख त केवल खानलाई हो खोल्ने,
पाहुना भोकै छ घरमा म यहाँ बोल्दै नबोल्ने।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।