पोखरामा पाँच रेक्टर स्केलको भूकम्प

काठमाडौं।पोखरामा आइतबार पाँच रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्प राष्ट्रिय मापन केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का कस्की र आसपास जिल्लामा महसुस गरिएको थियो। भूकम्पको धक्का २०७२ पछिको ठूलो भएको पोखरा ८ सिर्जनाचोकका विश्वास गुरुङले बताए।

पोखरा ७ घारिपाटनका सुनिल गुरुङले भूकम्पको धक्का आएपछि सतर्क भएर बसेको बताए।

प्रतिकात्मक तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।