कम्युनिष्टको चर्तिकला

हेर हेर नियालेर, कम्युनिष्टका चर्तिकला
तेत्तीस किलो सुन चोरेर घर बनाउँछन् पन्ध्र तला।
विष्णु भगवान बालुवाटारमा जमिन्दार बनिराछन्,
महरा र रोशनीले यत्रो लाज पचाका छन्।

अध्यक्ष एक किड्नी फेर्दै बिसौँ करोड सकिराछन्,
अध्यक्ष दुई यो गरौँ कि त्यो गरौँ खोई भनिराछन्।
सत्र हजार मान्छे मार्छन, पाँचमा बाचा खान्छन्।
अपराधबाट मुक्ति पाउन, ढल्की नाचिराछन्।

गोकुलधाममै सत्र करोड, के चाला हो यस्तो,
अठार करोड विद्या माता गाडी होला कस्तो?
टाउको काट्दै आका शासक, कस्तो शासन गर्लान्।
निर्मलाका हत्यारा ति कता लुके होलान्।

अपराध जति पचाका छन्, आफ्ना मान्छे बचाका छन्,
भ्रष्टाचारमा लिप्त् रहि ढुकुटी नै रित्याकाछन्।
भन्ने गर्छन समाजवाद, अभ्यास अधिनायकवाद,
दुईतिहाइको नजिक भाको उल्कै भा छ उन्माद।

भूपरिवेष्ठित देशमा पनि पानीजहाज चलेका छन्,
घरघरमा ग्याँसलाइन, पाइप जडेका छन्।
अनुहारमा जुत्ता मुक्का छाप लगाका छन्,
सर्वहारा हौँ भन्छन्, श्रीपेच पहिरेका छन्।
प्रदेशतिर सांसदहरू फूर्ति हाँकेका छन्
बलात्कारमा अक्कलहरु अब्बल बनेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।