काठमाडौं।आरुघाट गाउँपालिका–१ मान्वुमा बुधबार राति भएको जीप दुर्घनामा वडा सचिवको मृत्यु भएको छ।

लमजुङ घर भइ धार्चे गाउँपालिका–६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङसहित सात जना घाइते भएका छन्।

आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बा १ च ५५०५ नम्बरको जीप मान्वुको धोरतस्थित जंगलमा दुर्घटनामा परेको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक सुकबहादुर विकले बताए।

घाइतेहरुको मान्वुकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।