मिश्रविरुद्ध बाँस्कोटाको उजुरी [पूर्ण पाठ]

काठमाडौं।सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन मागिएको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्।

निवर्तमान मन्त्री बाँस्कोटाले अडियो सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा शुक्रबार (हिजो)मुद्दा दर्ता गराएका हुन्।

बाँस्कोटाले अडियोमार्फत आफ्नो चरित्र हत्या भएको भन्दै वारिसमार्फत गाली बेइज्जती मुद्दा दायर गरेका हुन्।

अदालतमा दर्ता फिराद पत्रमा पूर्वमन्त्री बाँस्कोटाले मिश्रसँग भेट भएको र कमिसनको प्रस्ताव आएको स्वीकार गरेका छन्।

तर, उनको प्रस्ताव स्वीकार नगरेको बाँस्कोटाले दावी गरेका छन्। उनले उक्त कथित अडियो टेपमा कुनै सत्यता छैन। रकम लेनदेन गर्ने हिसाबले कसैसँग मैले कुरा गरेको छैन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।