काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानविनका लागि संसदमा माग गरेपछि राप्रपाका अध्यक्ष कमल थापाले त्यसको समर्थनमा ट्वीट गरे।

पञ्चायती पृष्ठभूमिका थापाले विसं २०४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानविन गरियोस् भन्ने माग राप्रपाले १० बर्षदेखि उठाउँदै आएको उल्लेख गरेपछि भट्टराईले उल्टै थापामाथि झटारो प्रहार गरे।
धन्यवाद मित्र@KTnepal !तर उच्च राजनीतिक/प्रशासनिक तहको भ्रष्टाचार छानवीनको cut-off point सापेक्ष ढंगले खुलापन आएको २०४७ साल सट्टा पंचायती निरंकुशकाललाई पनि बनाए कसो होला? https://t.co/fgay01nsF2
— Baburam Bhattarai (@brb1954) February 27, 2020
“धन्यवाद मित्र! तर उच्च राजनीतिक र प्रशासनिक तहको भ्रष्टाचार छानविनको ‘कट अफ प्वाइन्ट’ सापेक्ष ढंगले खुलापन आएको २०४७ साल सट्टा पंचायती निरंकुशकाललाई पनि बनाए कसो होला?” भट्टराईले थापाको ट्वीटको जवाफमा लेखेका छन्।
बुधबार (हिजो) बोलाइएको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिँदै डा. भट्टराईले केपी शर्मा ओलीलगायतका सम्पूर्ण प्रधानमन्त्रीहरुको सम्पत्ति छानविन गर्नुपर्ने माग राखेका थिए।