काठमाडौं। ‘यो मन्त्री हो कि म? फटाहालाई मेरो कार्यकक्षमै छिर्न नदिनु’ महिना दिनअघि यसरी पड्किएका थिए स्वास्थ्यमन्त्री भानुभक्त ढकाल महेन्द्रमान श्रेष्ठसँग।

तर, महिना दिनपछि नै मन्त्री यूटर्न भए र तिनै श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको हाकिम बनाए। आखिर मन्त्री ढकाल यूटर्न हुन किन र कसरी बाध्य भए? र जुनियर र विवादास्पद कर्मचारीलाई टपक्क टिपेर स्वास्थ्य सेवा विभागको हाकिम बनाउनुपर्ने बाध्यता आइलाग्यो?

मन्त्री भानुभक्त ढकाल पनि दलाल र ठेकेदार विशाल पण्डितहरुको अगाडि लल्याकलुलुक भएर गले र कारबाहीको डण्डा बर्साउनुपर्ने महेन्द्रमान श्रेष्ठलाई उल्टै पुरस्कृत गरिएको छ।

स्वास्थ्य सेवाका कर्मचारी समायोजनका क्रममा गडबडी गरेका उनीविरुद्ध स्वास्थ्यका कर्मचारी पदस्थापन गर्दा आर्थिक चलखेल गरेको चार्ज लाग्दै आएको छ।

मन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेको तेस्रो दिन नेकपानिकट स्वास्थ्यमन्त्री कहाँ डेलिगेसनमा पुगेर श्रेष्ठले अन्याय गरेको दुःख बेसाएका थिए। यो समाचार आजको जनआस्था साप्ताहिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।