काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिन धुमधामका साथ मनाउँदा देखिएको केही गतिविधिले उनलाई विवादमा तानेको छ।

आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि शुरु भएको विवाद केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप चुलियो।

अहिले सामाजिक सञ्जालमा केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भिडियो भाइरल बनेको छ।

कतिपयले उक्त भिडियो शेअर गर्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्यसमेत गर्न भ्याएका छन्।

ओली आफ्नो जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकास्थित आफू जन्मेको घर पुगेका थिए।

फाइल तस्वीर

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।