काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिनमा तेह्रथुमको आठराई गाउँपालिकाले आइतबार (आज) सार्वजनिक बिदा दिइएको छ।

प्रधानमन्त्री ओली जन्मथलो आठराई गाउँपालिका–४ इवामा विभिन्न कार्यक्रमका लागि आउन लागेकाले गाउँपालिकामा सार्वजनिक बिदा दिइएको अध्यक्ष मानबहादुर लिम्बुले बताए।

ओलीले आइतबार आठराईको सुकेपोखरीबाट जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँघुबाट ताप्लेजुङको दोभान जोड्‍ने करिब १ सय किलामिटर दूरीको मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रम छ।

नेकपा आठराईका इन्चार्ज भीम घिमिरेले ओलीले आठराई क्षेत्रका ७० वर्ष कटेका ४ सय जेष्ठ नागरिकलाई सम्मान गर्ने र गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १ हजार २ सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।