काठमाडौं। सत्तारुढ नेकपाको सचिवालय बैठकमा गोकुल बाँस्कोटाले कमिसन लिनको लागि गरेको बार्गेनिङ्गका बारेमा छलफल भएको छ।

शनिबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा कमिसन प्रकरणका बारेमा अध्यक्षद्वयले जानकारी गराएका थिए।

बैठकमा बाँस्कोटालाई पार्टीबाट निलम्बन गरेर छानविन गर्नुपर्ने प्रस्ताव आए पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका निकायले छानविन गरिरहेकोले अन्य कुरा नगर्न आग्रह गरे।

बैठकमा सचिवालय सदस्यले पार्टीका तर्फबाट छानविन समिति बनाउनुपर्ने र पार्टीबाट निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

तर ओलीले अख्तियारलगायत विभिन्न निकायले यो प्रकरणमा छानविन गरिरहेको बताएपछि निलम्बन र छानविनका लागि समिति नबनेको स्रोतको भनाइ छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।