‘कोभिड १९’ संक्रमित सवार बसमा रङ्गभेदी हमला

काठमाडौं।यूक्रेनको एक शहरमा दर्जनौँ प्रदर्शनकारीहरुले चीनबाट उद्धार गरेर ल्याइएका व्यक्ति सवार बसमा हमला गरेका छन्।

चीनबाट ल्याइएका ती कोभिड १९ (कोरोना भाइरस) संक्रमित व्यक्तिहरुलाई पोल्तावा शहरमा रहेको एक अस्पताल लैजान थालिएको थियो।

हमलापश्चात् यूक्रेनका राष्ट्रपति वोल्दीमीर जेलेन्स्कीले नागरिकहरुलाई एकता देखाउन अपिल गरेका छन्। उनले भने, ‘यो याद राखौँ कि हामी सबै मानिस हौँ।’

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।