काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल हटाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

अध्यक्ष थापाले बिहीबार (आज) आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् मन्त्री बाँस्कोटाबारे बनेको समाचारलाई शेअर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर मन्त्री बाँस्कोटालाई तत्काल हटाउन सुझाव दिएका हुन्।
“प्रधानमन्त्री ज्यू, तपाईँको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु– यस व्यक्तिलाई तत्काल हटाउनुहोस् र आवश्यक छानविन गर्नुहोस्।” अध्यक्ष थापाले लेखेका छन्।
प्रम @kpsharmaoli ज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।https://t.co/ztDLsqVZQK via @hamrakura
— Kamal Thapa (@KTnepal) February 20, 2020
=७० करोड कमिसनबारे बाँस्कोटाको यस्तो प्रतिक्रिया
यसअघि सेक्युरिटी प्रेस खरिद सम्बन्धमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको श्रव्य सामग्री विभिन्न समाचार पार्टलहरुले सार्वजनिक गरेका थिए।