काठमाडौं।जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा ८ जनाको ज्यान गएको छ।

प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा ६ रहेको त्यहाँस्थित स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्नै बीबीसीले जनाएको छ।

घटना गएराति १० बजेतिर भएको त्यहाँको प्रहरीले जनाएको छ। घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो।

दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् र हवाइ गस्ती पनि गरिँदैछ।

अज्ञात सङ्ख्यामा रहेका बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रोमा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ। एजेन्सी

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।