७० करोड कमिसनबारे बाँस्कोटाको यस्तो प्रतिक्रिया

काठमाडौं।सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप समाचार पोर्टलहरुमा भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं आएपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्वीस कम्पनीसँग शुरुमा कुरा भए पनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेन्टले बाँस्कोटासँग भएको कुराकानीको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन्।

त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ। हाल कञ्चनपुरमा रहेका बाँस्कोटाले बिहीबार बिहान बेलडाँडी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा भने, ‘मेरो बारेमा चर्चा चलेको छ, काठमाडौं पुगेपछि यसबारे म आफ्नो विस्तृत कुरा राख्छु।’

त्यस अडियोमा सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।