काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुलाई माफी दिएकी छिन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबारदेखि लागू हुने गरी प्रकाश थेवेसहित ३२९ जना कैदीलाई माफी गरेको राष्ट्रपति कार्यालयले मंगलबार [आज] विज्ञप्ति जारी गरी सोबारे जानकारी दिएको हो।

बुधबार ७० औं प्रजातन्त्र दिवस मनाइँदैछ। सो दिवसको अवसरमा सरकारले वर्षेनी असल चालचलन भएका कैदीहरुको कैद मिनाहा गरेर रिहा गर्ने गरेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।