काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार साँझ भएको आगलागीमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागी शुरु भएको एयरपोर्ट टी कफी एण्ड कन्फेक्नसरीमा मात्रै दुई करोड रुपैयाँ बराबरको क्षति भएको दावी त्यसका सञ्चालक गोपालबाबु श्रेष्ठले गरेका छन्।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार एक घण्टासम्म लागेको आगोबाट टर्मिनल भवनको पूर्वाधारमा दुई करोड रुपैयाँ बराबरको क्षति भएको हो।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।