काठमाडौं। सोमबार (हिजो) साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आगलागीबारे अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार बसेको सचिवस्तरीय बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिले अध्ययन गरी प्रतिवेदन गर्न ७ दिनको समय पाएको छ। समितिमा मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजक छन्। यस्तै नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक विक्रम केसी सदस्य सचिव छन्। समितिमा अन्य ३ जना सदस्य छन्।
=त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी (भिडियो सहित)
सोमबार साँझ विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको कफीसपमा विद्युत सट भई आगलागी भएको थियो।

आगलागीबाट उडान तथा अवतरणको सेड्युल केही समय प्रभावित भएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।